श्रीलङ्कामा जेलमा दङ्गा, एक कैदीको मृत्यु, ६ जना घाइते
ratopati.com · Sat Aug 01 16:12:20 GMT 2026

कोलम्बो । श्रीलङ्काको राजधानी बाहिरको एउटा जेलमा शनिबार भएको दङ्गामा कम्तीमा एक कैदी मारिएका छन् भने अन्य ६ जनालाई अस्पताल लगिएको प्रहरीले बताएको छ ।
कोलम्बो बाहिरको महारा जेलमा भएको यो हिंसा लगभग एक महिनाअघि अर्को भीडभाड युक्त जेलमा भएको झडपपछि भएको हो । त्यस झडपमा १० गार्ड र २१ कैदी मारिएका थिए, जुन श्रीलङ्कामा वर्षौंदेखिको सबैभन्दा खराब जेल दङ्गा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)