२२ देशको सहभागितामा काठमाडौँमा मनोविज्ञान सम्मेलन हुँदै
ratopati.com · Sat Aug 01 16:40:29 GMT 2026

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय अन्तर्गतको नेशनल कलेजले आगामी साउन २१ देखि २३ सम्म ‘इन्टरनेशनल कन्फ्रेन्स अन एप्लाइड साइकोलोजी आयोजना गर्ने भएको छ ।
‘नेपाल एसोसिएसन अफ साइकोलोजिस्ट्स’ र ‘साइडेस्क फाउन्डेसन’ को सहकार्यमा हुन लागेको यो तीन दिने सम्मेलनको मुख्य नारा ‘व्यवहार विज्ञानको उन्नति: बहुविषयगत र अन्तर सांस्कृतिक दृष्टिकोण’ रहनेछ । सम्मेलनको उद्घाटन काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)