एक वर्षमा ३३३ उद्योग दर्ता
ratopati.com · Sat Aug 01 16:57:14 GMT 2026

चितवन । जिल्लामा गत आर्थिक वर्षमा ३३३ वटा उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ती उद्योग तथा वाणिज्यका व्यवसाय दर्ता भएका हुन् । त्यस्तै वाणिज्यतर्फ ३७९ वटा नयाँ फर्म दर्ता भएका छन् ।
कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार उद्योग तथा वाणिज्यतर्फ रु ९३ करोड १५ लाख ८९ हजार ९७९ पुँजी रहेको छ । जिल्लामा नयाँ लगानी गर्नेमा उद्योगतर्फ महिला १६७, पुरुष १७० र एउटा फर्म रहेको उनले जानकारी दिए । उनका अनुसार ती उद्योगमा ६९० महिला र ९५२ जना पुरुषले रोजगार पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)