०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क स्वागतयोग्य, तर अवैध कारोबार नियन्त्रण हुनुपर्छ: गणेशप्रसाद लकान्द्री
ajakoartha.com · Mon Jun 29 06:54:00 GMT 2026

काठमाडौं– साउन १ गतेदेखि सुनमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लागू हुने सरकारी निर्णयलाई नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष गणेशप्रसाद लकान्द्रीले स्वागतयोग्य कदम भएको बताएका छन् । उनले स्वदेशी कालीगढको सीप विकास, नयाँ पुस्तालाई तालिम तथा सुनचाँदी उद्योगको दीर्घकालीन विकासका लागि यस्तो व्यवस्था आवश्यक रहेको बताए ।
कोषाध्यक्ष लकान्द्रीका अनुसार सीप प्रवर्द्धन शुल्कको उद्देश्य राम्रो भएकाले महासंघले यसको स्वागत गरेको छ । तर, उक्त शुल्कबाट संकलन हुने रकम पारदर्शी रूपमा सुनचाँदी क्षेत्रकै सीप विकास, तालिम, प्रविधि विस्तार तथा दक्ष जनशक्ति उत्पादनमा खर्च हुनुपर्ने उनको जोड छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)