एक नायकको दुःखद र अनपेक्षित अवसान
barnanmedia.com · Sat Aug 01 21:45:00 GMT 2026
विश्वका अग्ला हिमालहरूलाई जित्ने असाधारण साहस, अदम्य इच्छाशक्ति र आफ्नै सीमालाई निरन्तर चुनौती दिने निर्मल पुर्जा अब हामीमाझ रहेनन् ।
‘निम्सदाइ’का रूपमा विश्व पर्वतारोहण समुदायमा परिचित पुर्जाले सन् २०१९ मा ८,००० मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर पर्वतारोहणको इतिहासमा अभूतपूर्व कीर्तिमान बनाएका थिए । पूर्वगोर्खा सैनिकसमेत रहेका उनले हिमाललाई केवल आरोहण गर्ने गन्तव्यका रूपमा होइन, मानव साहस, अनुशासन र सम्भावनाको सीमा परीक्षण गर्ने मैदानका रूपमा लिए । तीव्र गति, जोखिम मोल्ने क्षमता, टोलीप्रतिको जिम्मेवारी र कठिन परिस्थितिमा पनि अघि बढ्ने उनको स्वभावले नयाँ पुस्ताका आरोहीलाई गहिरो प्रभाव पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)