बालेनले अयोग्य ठानेका दलीय न्यायाधीशको घरघरमा किन पुग्दै छन् शर्मा ?
barnanmedia.com · Sat Aug 01 21:59:15 GMT 2026

एउटा ठूलो जनविद्रोह र क्रान्तिपश्चात् आएको जननिर्वाचित संस्थाले जनअभिमतबमोजिम मुलुकको शासन व्यवस्थाभित्र व्यापक शुद्धीकरण अभियान चलाउँछ । गत भदौको रक्तपातपूर्ण जेनजी आन्दोलन होस् या फागुनको प्रतिनिधि सभा निर्वाचन, दुवैमा व्यक्त जनअभिमतको एउटै माग थियो- तीन दलको सिन्डिकेट अन्त्य हुनुपर्छ । मुलुकमा सुशासनयुक्त र न्यायपूर्ण व्यवस्था स्थापित हुनुपर्छ । यसका लागि जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र शाहलाई दिएका छन् ।
प्रधानमन्त्री शाहले पदभार सम्हालेको पहिलो दिनबाटै सुशासनमा आफ्नो ध्यान केन्द्रित गरेका छन् । व्यवस्थाभित्रका खराबी हटाउन र व्यापक सुधारका काम गर्न उनी अहोरात्र लागिपरेका छन् । यतिसम्म कि उनले अनावश्यक भेटघाट र भाषणबाजीमा समय खेर नफालेर केवल काममा आफूलाई केन्द्रित गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)