‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
nagariknews.nagariknetwork.com · Sun Aug 02 00:28:52 GMT 2026

पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ। विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र तथा उनका लाखौँ समर्थकलाई स्तब्ध बनाएको छ।
देशका कार्यकारी प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्षनेता, पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही, विदेशी शुभेच्छुक तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले निम्स दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको साहस, समर्पण र नेपालको अन्तरराष्ट्रिय पहिचान निर्माणमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)