ब्रोड पिकमा विलिन भए ‘निम्सदाइ’
annapurnapost.com · Sun Aug 02 00:50:22 GMT 2026

काठमाडौं : विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशिखर अति द्रुत गतिमा आरोहण गरेर इतिहास रचेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ अब रहेनन्।पाकिस्तानको ब्रोड पिक हिमालमा आएको भीषण हिमपहिरोमा उनको निधन भएको छ।पुर्जासँगै टोलीमा रहेका अन्य आरोही तथा शेर्पा सहयोगीहरूको निधन भएको छ।
पुर्जा संस्थापक रहेको कम्पनी एलाइट एक्सपिडिसनले पुर्जाको निधनको खबर पुष्टि गरेको छ।‘आज अत्यन्तै गहिरो दुःख र असीम पीडाका साथ हामी यो पुष्टि गर्दछौं कि निर्मल ‘निम्सदाइ’ पुर्जाले ब्रोड पिकमा आएको हिमपहिरोमा परी आफ्नो ज्यान गुमाउनुभएको छ,’ एक्सपिडिसनले भनेको छ, ‘अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको खबर प्राप्त भएको छ।आज हामी निम्सको मात्र नभई उहाँका पछाडि समर्पित रहने विश्वासिला आरोहण साथीहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पालगायत यस त्रासद दुर्घटनामा ज्यान गुमाउने सबैको शोक मनाइरहेका छौं।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)