पेरूमा पर्यटक बोकेको विमान दुर्घटना, चालक दलसहित १३ जनाको मृत्यु
baahrakhari.com · Sun Aug 02 00:59:10 GMT 2026

काठमाडौं । पेरूको नाज्का सहरनजिक शनिबार पर्यटकहरू बोकेको एउटा विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको मृत्यु भएको छ ।
एजेन्सीहरूका अनुसार विमानले नजिकैको इका सहरबाट उडान भरेको थियो । २,००० वर्ष पुरानो नाज्का लाइन्स अवलोकन गराउने क्रममा विमान नाज्का लाइन्स नजिकै खेतमा खसेको थियो । दुर्घटनालगत्तै विमानमा आगलागी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)