रुपन्देहीमा ४५ प्रतिशत खेतमा धान रोपाइँ
nepalviews.com · Mon Jun 29 07:40:17 GMT 2026

रुपन्देही । रुपन्देही जिल्लामा यस वर्ष हालसम्म करिब ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र रुपन्देहीका सूचना अधिकारी विवेक पन्तका अनुसार जिल्लामा यस वर्ष ६३ हजार ५५० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ।
जिल्लाको कुल क्षेत्रफल १ लाख २९ हजार ६७६ हेक्टर रहेकोमा ८९ हजार ३८४ हेक्टर खेतीयोग्य जमिन रहेको छ। जिल्लामा धान उत्पादनको उच्च सम्भावना रहे पनि सिँचाइ सुविधा अझै सबै क्षेत्रमा पुग्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)