नेदरल्यान्ड्सका कप्तान इडवार्डसले पद त्यागे
kendrabindu.com · Sun Aug 02 01:39:47 GMT 2026
काठमाडौं । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले शुक्रबार राजीनामा दिएका छन्। नेपाल र नामिबिायासँग घरेलु मैदानमा भएको क्रिकेट विश्वकप लिग २ शृंखला सकिएलगत्तै विकेटकिपर/ब्याटर इडवार्डसले पद त्याग गरेका हुन्।
यस शृंखलामध्ये नेदरल्यान्ड्सले ४ मध्ये ३ खेल जितेको थियो। शुक्रबार अन्तिम खेलमा नामिबियासँग ६ विकेटको पराजयसँगै इडवार्डसले कप्तानबाट अलग हुने निर्णय गरे। उनले यस शृंखलामा नेपालसँग क्रमशः अविजित ६१ र ५७ तथा नामिबियाविरुद्ध ४० र शुक्रबारको खेलमा अविजित ६७ रनको इनिङ्स खेलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)