कर्णालीका महिलाको मौन पीडा वसन्तीका पुस्तकमा
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
हुम्ला । कर्णालीको चर्चा प्रायः गरिबी, दुर्गमता, भोक, सडक वा विकासका सूचकसँग जोडिन्छ। तर त्यही कर्णालीका महिलाले दशकौँदेखि भोग्दै आएका मौन पीडा, सामाजिक विभेद, परम्परागत कुरीति र आत्मसंघर्ष साहित्यको मूल विषय बन्ने उदाहरण भने विरलै भेटिन्छ।
यही अभावलाई सम्बोधन गर्ने प्रयासस्वरूप साहित्यकार वसन्ती शाहीका दुई कृति—‘आमा र आँसु’ (कथा संग्रह) र ‘यादका थुँगाहरू’ (कविता संग्रह)—शनिबार सुर्खेतमा सार्वजनिक गरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)