सफ्टवेयर कम्पनीका लागि टाउको दुखाइ बन्दै ‘सोर्स कोड’ चोरी
kendrabindu.com · Sun Aug 02 02:16:15 GMT 2026

काठमाडौं । तपाईं–हामीले चलाउने कुनै पनि सफ्टवेयर डेभलपरको मिहिनेत र कम्पनीको लगानीले तयार भएको हुन्छ। सफ्टवेयरको ‘मेरुदण्ड’ मानिने ‘सोर्स कोड’ चोरी भएर अर्कै नाममा बजारमा पुग्दा सफ्टवेयर कम्पनी व्यावसायिक जोखिममा पर्न थालेका छन्।
गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल प्रहरीको साइबर ब्युरोमा सोर्स कोड वा कम्प्युटर स्रोत संकेत चोरी भएका १० वटा निवेदन परेका थिए। नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा पनि उजुरी पर्ने गरेका छन् । तीमध्ये केही न्यायिक प्रक्रियामा गएका छन्। सूचना प्रविधि प्रणालीको आवश्यकता बढेसँगै यस्ता घटना व्यावसायिक ‘टाउको दुखाइ’ को विषय बन्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)