आज बस्ने परिषद्को बैठकले निर्णय गर्दै
newsofnepal.com · Sun Aug 02 02:20:25 GMT 2026

काठमाडौँ ।
नेपाल शिक्षक महासंघले आन्दोलनको मोडालिटीबार आज आइतवार निर्णय गर्ने भएको छ । हिजो शनिवारबाट जारी तेस्रो राष्ट्रिय परिषद् बैठकले आन्दोलनको निर्णय गर्ने तयारी गरेको छ । १४ र १५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकलगत्तै परिषद्को बैठक बसेको हो । बैठकको अघिल्लो दिन कर्मचारीका मागहरू सम्बोधन नगरिएको र ट्रेड युनियन अधिकारमा कुण्ठा लगाइएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । सोही आधारमा आजको बैठकले आन्दोलनको मोडालिटी र मिति तय गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)