काठमाडौंको गोठाटारमा फर्निचर पसलसहित व्यापारिक टहरा जले
kendrabindu.com · Sun Aug 02 02:24:35 GMT 2026

काठमाडौं। काठमाडौंको गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति आगलागी भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार राति करिब ९:१५ बजे ट्रान्सफर्मरबाट आगलागी सुरु भएको हो ।
प्रहरीका अनुसार आगो फैलिँदै फर्निचर पसलसहित आसपासका व्यापारिक टहरामा पुगेपछि क्षति भएको छ । आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)