बाढीग्रस्त नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण
ratopati.com · Thu Aug 27 14:07:12 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी तथा विपद्बाट प्रभावित नुवाकोट र रसुवा जिल्लामा वैकल्पिक विद्युत सेवा प्रवाह गर्न ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ ।
मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्रभावित क्षेत्रमा तत्कालीन विद्युत् आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सोलार पावर बैंक उपलब्ध गराएको हो । विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा प्रयोग गर्न सकिने उक्त पावर बैंकबाट मोबाइल फोन चार्ज गर्नुका साथै करिब चार–पाँचवटा बत्ती बाल्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)