प्रतिबन्धको अवज्ञा गर्दै रुसी जहाजले मालीमा पुर्यायो सैन्य सवारीसाधन
ratopati.com · Sun Aug 02 03:04:20 GMT 2026

मस्को । अमेरिकाले प्रतिबन्ध लगाएको रुसी मालवाहक जहाज मिखाइल ब्रिटनेभले ठूलो परिमाणमा सैन्य सवारीसाधन माली पुर्याएको छ । जुलाई २५ मा मालीको सरकारी टेलिभिजनले राजधानी बामाकोमा बख्तरबन्द गाडी, सैनिक ट्रक र हल्का युद्ध सवारीसाधनको लामो काफिला प्रवेश गरेको दृश्य प्रसारण गरेको थियो । ती सवारीसाधन टोगोको लोमे बन्दरगाहबाट ल्याइएको बताइएको छ ।
जहाजको ट्र्याकिङ तथ्याङ्कअनुसार मिखाइल ब्रिटनेभ जुलाई ९ मा लोमे बन्दरगाह पुगेको थियो । उपग्रह तस्बिरहरूको विश्लेषणले उक्त जहाजमा बख्तरबन्द कर्मचारी वाहक, सैनिक ट्रक र हल्का सैन्य सवारीसाधन रहेको देखाएको विज्ञहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)