छिट्टै ‘ऐतिहासिक सम्झौता’ हुने भन्दै ट्रम्पले इरानमाथिको आक्रमण रोके
nagariknews.nagariknetwork.com · Sun Aug 02 03:15:56 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 'छिट्टै सम्झौता गर्न सक्षम हुने' सर्तमा आफूले इरानविरुद्ध तय गरेको सैन्य आक्रमण रद्द गरेको घोषणा गरेका छन्।
ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले इरान र मध्य पूर्वका अन्य देशहरूले सम्झौताको मापदण्डमा सहमति भइसकेको भन्दै आक्रमण रोक्न अनुरोध गरेपछि यो निर्णय लिइएको प्रस्ट पारेका हुन्। ट्रम्पका अनुसार नयाँ बन्ने सम्झौतामा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गको तत्काल र पूर्ण खुलासहित इरानको आणविक खतराको सधैंका लागि अन्त्य गर्ने विषय समावेश छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)