तराईं मधेसमा सुरक्षा रणनीति बदलेर संवादमा उत्रिए गृहमन्त्री
kendrabindu.com · Sun Aug 02 03:19:10 GMT 2026

काठमाडौं । गृह प्रशासनसँग जोडिने कुनै घटना भएलगत्तै गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा पुग्थे। उनले माइतीघर पुगेर पीडितका कुरा सुने, न्याय माग्दै काठमाडौंतर्फ मार्च गरिरहेका मिटरब्याजपीडितसँग बीचबाटामै भेटेर सहमति गरे। गत आइतबार राति सुनसरीमा दुई समुदायबीच भएको झडपपछि भने गृहमन्त्री गुरुङको त्यस्तो सक्रियता देखिएन।
सुनसरीको देवानगन्ज–४ मा १० साउनको राति प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गयो, ९ स्थानीय घाइते भए। उपचारका क्रममा थप एक जनाको मृत्यु भयो। प्रत्यक्षदर्शी जुगेश दासका अनुसार सामान्य विवाद चलिरहेका बेला सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो। सुनसरी घटनाले अन्य जिल्लालाई तरंगित बनाउन थालिसकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)