सिरहाको गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो
nepalviews.com · Sun Aug 02 03:15:17 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार साँझसम्मका लागि खुकुलो बनाएको छ। सुरक्षा अवस्थाको विस्तृत समीक्षा गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार आज बिहान १०:०० बजेदेखि राति ७:०० बजेसम्मका लागि कर्फ्यु खुकुलो पारिएको हो।
प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकन गरेपछि आगामी समयमा कर्फ्यु थप खुला गर्ने वा पुनः लागू गर्नेबारे आवश्यक निर्णय लिइने जनाएको छ। साथै, सो अवधिमा गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)