विविधताको नेपाल : सम्मान, सहअस्तित्व र राष्ट्रिय एकताको यात्रा
nepalpress.com · Sun Aug 02 03:17:08 GMT 2026

नेपाललाई बुझ्न कुनै तथ्याङ्क मात्र पर्याप्त हुँदैन । नेपालको वास्तविक परिचय यसको भूगोलमा भन्दा बढी यसको समाजमा छ। हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म फैलिएको यो देश अनेक भाषा, जातजाति, धर्म, संस्कृति र परम्पराको साझा घर हो। यही विविधताले नेपाललाई सुन्दर बनाएको छ। यही विविधताले हामीलाई एक अर्काबाट सिक्न, बुझ्न र सम्मान गर्न सिकाएको छ । तर, पछिल्ला केही वर्षयता एउटा चिन्ताजनक प्रवृत्ति बढ्दै गएको महसुस हुन्छ ।
सामाजिक सञ्जाल, राजनीतिक बहस र दैनिक संवादमा कहिलेकाहीँ जातीय वा साम्प्रदायिक पहिचानलाई प्रतिस्पर्धा र विभाजनको आधार बनाउने प्रयास देखिन्छ। यस्तो वातावरणमा आफ्नै जीवनयात्रालाई फर्केर हेर्दा मलाई एउटा कुरा स्पष्ट रूपमा अनुभूति हुन्छ-सम्बन्धको आधार कहिल्यै जात, भाषा वा धर्म बनेन; सम्बन्धको आधार विश्वास, सम्मान र आत्मीयता बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)