काठमाडौंसहित ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
kendrabindu.com · Sun Aug 02 03:44:32 GMT 2026

काठमाडौं । वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौंसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको छ।
बाढी महाशाखाले भनेको छ, ‘आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली ,कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)