महानगर कप व्याडमिन्टनमा वडा नं. १५ ‘बेस्ट वार्ड’, मोहनबहादुर शाहीलाई लाइफटाइम अचिभमेन्ट
kalakarmi.com · Mon Jun 29 07:58:53 GMT 2026
काठमाडौं- काठमाडौं महानगर कप वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता २०८३ मा वडा नं. १५ ले ‘वेष्ट वार्ड अवार्ड’ प्राप्त गरेको छ । महानगरपालिकाले नेपाल व्याडमिन्टन संघ काठमाडौं सँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा समग्र नतिजाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने वडालाई विजेता वडा ट्रफी प्रदान गरिएको हो ।
महिलातर्फ एकल प्रतिस्पर्धामा वडा नं. १५ का अजरेन्का शेरचन र पुरुषतर्फ वडा नं. १० का बबिस थापा बिजयी भएका छन् । प्रतियोगिता समापन अवसरमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले विजेताहरुलाई जनही ३२ हजार रुपियाँसहित पुरस्कृत गरे । पुरुषतर्फ एकल प्रतिस्पर्धामा वडा नं. १५ का सोयम मानन्धर उपविजेता र महिलातर्फ वडा नं. ६ की शिष्टता कुइँकेल उपविजेता भए । उनीहरुलाई जनही २० हजार रुपियाँ नगदसहित पुरस्कृत गरियो । वडा नं.२८ का गौरव तण्डुकार र वडा नं. ४ का सुशान्त प्रजापतीले पुरुषतर्फ र वडा नं. २३ की सम्रिना श्रेष्ठ र वडा नं. १५ का श्रीया महर्जनले तेस्रो स्थान हासिल गरे । उनहरुलाई जनही १० हजार रुपियाँसहित पुरस्कृत गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)