काभा च्याम्पियन्स लिग भलिबल नेपालमा हुने
kendrabindu.com · Sun Aug 02 04:25:38 GMT 2026
काठमाडौं । काभा च्याम्पियन्स लिग भलिबल (महिला) नेपालमै हुने भएको छ । आगामी कात्तिक १५ देखि २१ गते (नोभेम्बर १-७) सम्म नेपालमै आयोजना हुने भएको हो । नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले उक्त निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले काभा च्याम्पियन्स लिग आयोजनासहित अन्य विभिन्न निर्णयहरु गरेको छ ।नेपाल भलिबल संघको २०८३/८४ को वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने निर्णय समेत गरेको छ साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरि त्यसलाई अनुमोदन पनि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)