सुन तोलाको १८ सय चाँदी ४५ रुपैयाँले घट्यो
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१५ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)