ब्रोड पिकको हिमपहिरोमा परेका आरोहीहरूको शव क्याम्प–१ ल्याइँदै
kendrabindu.com · Sun Aug 02 06:01:34 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालका क्रममा हिमपहिरोमा पुरिएका आरोहीहरूको शव आज क्याम्प–१ मा ल्याइने भएको छ । निर्मल पुर्जाका व्यावसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पाले उनीहरूको शव हालको स्थानबाट क्याम्प–१ सम्म ल्याउने तयारी भइरहेको हो।
‘आज ग्राउन्ड टिमबाट प्राप्त जानकारीअनुसार टोली हालको स्थानबाट क्याम्प– १ सम्म ल्याउने योजनामा छ’, शेर्पाले सामाजिक सञ्जालमा भनेका छन्, ‘त्यसपछि भोलि टोली जापानी क्याम्प ल्याउने जानकारी छ । मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकोप्टर सम्भावना रहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)