कांग्रेसका २ पक्ष मिलाउन युवा नेताहरूले नयाँ अभियान सुरु गर्दै
onlinekhabar.com · Sun Aug 02 06:17:20 GMT 2026

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका दुई पक्ष मिलाउनका लागि पार्टीभित्र नयाँ अभियान सुरु गरिने भएको छ । सभापति गगन थापा र संस्थापनइतरलाई एकजुट बनाउने उद्देश्यले सुरु भएको अभियानको नाम ‘देश र कांग्रेस जोड्ने’ दिइएको छ ।
नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको अगुवाईमा अभियान सुरु गर्न लागिएको हो । पालिका, प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरेर अभियानका अगुवाहरुले जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)