विश्वकपपछि मैदान फर्किए मेसी, मियामीको जित यात्रामा ब्रेक
ratopati.com · Sun Aug 02 06:29:37 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलको व्यस्ततापछि अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी मैदानमा फर्किएका छन् । तर, उनको पुनरागमन खेलमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) अन्तर्गत कोलम्बस क्रुसँग २–२ को बराबरी खेलेको छ ।
विश्वकपको फाइनलमा स्पेनसँग अर्जेन्टिना पराजित भएको दुई हप्तापछि मैदान उत्रिएका मेसी दोस्रो हाफको ५३औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । मियामीको घरेलु मैदानमा उपस्थित समर्थकले उनको भव्य स्वागत गरेका थिए । पुनरागमन खेलमा मेसीले केही आकर्षक अवसर सिर्जना गरे पनि उनका दुई प्रहार पोस्टभन्दा बाहिरिँदा गोल गर्न भने सफल भएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)