एफसी बार्सिलोनाको मुख्य साझेदार बन्यो माइडिया
nepalpress.com · Sun Aug 02 06:39:15 GMT 2026
काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीच पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ। सन् २०२६/२७ को नयाँ सिजनदेखि लागू भएको यस सहकार्यसँगै माइडिया एफसी बार्सिलोनाको ‘मुख्य साझेदार’ (Main Partner) तथा ‘आधिकारिक होम एप्लायन्स साझेदार’ बनेको हो।
यो साझेदारी सन् २०३०/३१ को सिजनसम्म कायम रहनेछ। सम्झौताअनुसार एफसी बार्सिलोनाको पुरुष पहिलो टोलीले खेल्ने औपचारिक खेल र प्रशिक्षणका क्रममा लगाउने जर्सीको बायाँ बाहुला (Left Sleeve) मा माइडियाको लोगो रहनेछ। क्लबले सार्वजनिक गरेको सन् २०२६/२७ सिजनको नयाँ घरेलु जर्सीमा पहिलोपटक माइडियाको लोगो देखिइसकेको छ। बार्सिलोनाको परम्परागत नीलो र गाढा रातो रङको जर्सीले क्लबको इतिहास र भविष्यको दृष्टिकोणलाई झल्काएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)