मनसुनजन्य विपद् : २४ घण्टामा एकजनाको मृत्यु,२० घाइते
annapurnapost.com · Sun Aug 02 06:40:06 GMT 2026

काठमाडौं : मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् । ती घटनामध्ये सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको र २० जना घाइते भएका हुन्।
उक्त अवधिमा सर्पदंशका १४,आगलागीका ११,पहिरोका छ र जनावर आक्रमणका तीन घटना भएका छन् । ती घटनाबाट २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ । साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)