के अमेरिकाको क्षेप्यास्त्र भण्डार रित्तिँदैछ ?
kendrabindu.com · Sun Aug 02 07:02:16 GMT 2026

काठमाडाैं । इरानसँगको महिनौँ लामो सैन्य द्वन्द्व र उच्च सतर्कताका कारण अमेरिकी सेनाको अत्याधुनिक हतियार तथा क्षेप्यास्त्र भण्डार तीव्र रूपमा रित्तिँदै गएको तथ्यहरु बाहिर आएको छ । पेन्टागनका आन्तरिक तथ्याङ्क र वासिङ्टनस्थित रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार अमेरिकाको हवाई रक्षा र रणनीतिक हमलाका लागि प्रयोग हुने प्रमुख मिसाइलहरूको भण्डार हालसम्मकै न्यून बिन्दुमा पुगेको छ।
इरान विरुद्धको ‘अपरेशन एपिक फ्युरी’का क्रममा अमेरिकाले १३ हजारभन्दा बढी लक्ष्यमा प्रहार गरेको र इरानका १,७०० भन्दा बढी ड्रोन तथा ब्यालिस्टिक मिसाइलहरूलाई हावामै नष्ट गरेको थियो। सोही क्रममा अर्बौँ डलर मूल्यका अत्याधुनिक क्षेप्यास्त्रहरू ठूलो मात्रामा खर्च भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)