इराक र टर्कीबिच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ratopati.com · Sun Aug 02 07:11:26 GMT 2026

इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका लागि दुवै देशका सम्बन्धित कम्पनीले काम सुरु गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)