वित्तीय खर्च र प्रशासनिक लागत घट्दा ५२ प्रतिशतले बढ्यो साहस ऊर्जाको नाफा
clickmandu.com · Sun Aug 02 07:15:30 GMT 2026

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा साहस ऊर्जाकोे खुद नाफा ५१.८४ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्रीमा भएको बढोत्तरी, वित्तीय खर्चमा आएको गिरावट र सञ्चालन खर्चको व्यवस्थापनले नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ ।
कम्पनीको मुख्य आय ‘विद्युत बिक्री’ बाट हुने आम्दानी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा करिब २० करोड रुपैयाँले बढेको छ । विद्युत बिक्रीबाट आब २०८१/८२ मा २ अर्ब ६४ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा विद्युत बिक्रीबाट २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)