सरकारी सवारीमा निजी नम्बर प्लेट प्रयोग भएको भन्दै सांसदको आपत्ति
nepallive.com · Mon Jun 29 08:20:27 GMT 2026

काठमाडौँ – नेकपा (एमाले)की सांसद रेखाकुमारी झाले सरकारी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनमा निजी नम्बर प्लेट प्रयोग भइरहेको विषय उठाउँदै सरकारसँग छानबिन र आवश्यक कारबाहीको माग गरेकी छन्।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल खानेपानी संस्थान राजविराज, मोरङको पथरीशनिश्चरे नगरपालिका तथा काठमाडौँका केही सार्वजनिक निकायमा सरकारी कोषबाट सञ्चालन हुने सवारीसाधनमा सेतो सरकारी नम्बर प्लेट हटाएर रातो निजी नम्बर प्लेट प्रयोग गरिएको तथ्य सार्वजनिक भएको उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)