विश्व बजारका लागि आफ्नै एनिमेटेड फिल्म 'लस्ट इन मण्डला' बनाउँदै नेपालको इन्सेसेन्ट रेन स्टुडिओ
techpana.com · Sun Aug 02 07:16:17 GMT 2026

काठमाडौं । एनिमेसन र भिजुअल इफेक्ट्स (भीएफएक्स) मार्फत हलिउडमा बलियो उपस्थिति जनाइसकेको नेपाली कम्पनी इन्सेसेन्ट रेन स्टुडियोजले अब आफ्नै ओरिजिनल एनिमेटेड फिचर फिल्म 'लस्ट इन मण्डला' (Lost In Mandala) निर्माण गर्ने भएको छ ।
करिब डेढ दशकदेखि नेपालमै रहेर हलिउडका 'गेम अफ थ्रोन्स', 'हाउस अफ द ड्रागन' जस्ता १५० भन्दा बढी विश्वप्रसिद्ध प्रोजेक्टमा काम गरिसकेको स्टुडियो अब सर्भिस प्रदायकबाट एक पूर्ण क्रियटिभ प्रविधि कम्पनीमा रूपान्तरण हुँदैछ । स्टुडियोका संस्थापक तथा सह-प्रमुख कार्यकारी अधिकृत किरणभक्त जोशीले टेकपानासँग कुरा गर्दै आफ्नो स्टुडियोको यो नयाँ रणनीतिक योजनाबारे जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)