कांग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छ : कर्ण
baahrakhari.com · Sun Aug 02 07:26:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य रञ्जित कर्णले आफ्नो पार्टी कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन् । आइतबार (साउन १७) काठमाडौंमा ‘देश र कांग्रेस जोड्ने अभियान’द्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आन्तरिक सुदृढीकरण आवश्यक रहेकामा जोड दिएका हुन् ।
“यो सबैलाई थाहा छ, इतिहास साक्षी छ । जबजब कांग्रेस कुनै कारणले, चाहे आन्तरिक गुटबन्दीका कारण होस् वा वैचारिक मतभेदका कारण, कमजोर भयो वा विभाजित भयो, तबतब देशले राजनीतिक र आर्थिक रूपमा ठूलो दुर्घटना व्यहोरेको छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)