बिदाको दिनमा पनि राहदानी बनाउनेको भीड
ratopati.com · Sun Aug 02 07:38:37 GMT 2026

काठमाडौँ । सार्वजनिक बिदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ । दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपिएस) को आवेदनको लागि विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीहरूको भीड लागको हो ।
विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक बिदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागले शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ । आइतबार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरूको विभागमा भीड लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)