अख्तियारको दाबी : ‘एयरपोर्टको घुसबाट क्यान महानिर्देशकलाई जग्गा’
onlinekhabar.com · Sun Aug 02 08:05:25 GMT 2026

१७ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठाँउका विमानस्थल निर्माणको ठेक्काबाट घुस संकलन भएको र त्यसबाट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले जग्गा किनेको दाबी गरेको छ ।
अख्तियारका अनुसार विशेष अदालतमा पेस गरेको कागजात अनुसार, करिब तीन दर्जन भन्दा बढी मझौला र साना प्रकृतिका ठेक्कामा करिब एक प्रतिशतका दरले घुस संकलन भएको देखिन्छ । त्यसरी संकलित रकम प्रयोग गरेर अधिकारीले आफ्नी पत्नीको नाममा १३ आना जग्गा किनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)