पार्टीभित्रको आन्तरिक विभाजन कम गर्न कांग्रेसका युवा नेताले घोषणा गरे अभियान
annapurnapost.com · Sun Aug 02 08:01:24 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा गरेका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘देश र कांग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको जनाइएको छ । नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)