स्कोर्पियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
ratopati.com · Sun Aug 02 08:15:15 GMT 2026

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–२ बस्ने १८ वर्षीय शिखर बिक छन् ।
पूर्व पश्चिम राजमार्गमा गतराति लुम्बिनी प्रदेश–०१–००१ च २०५४ नम्बरको स्कोर्पियोले शिखर विकले चलाएको लु।१४ प ५१९० नम्बरको स्कोर्पियोलाई ठक्कर दिएको हो । दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार २१ वर्षीया शोभा सिर्पाली घाइते छिन् । उनको बुटवल स्थित चौरहा अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)