शैलेन्द्र अधिकारीको उपन्यास ‘तेजस्’ सार्वजनिक
nepalnews.com · Sun Aug 02 08:26:24 GMT 2026

काठमाडौँ। लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रुपक अलंकारलले पुस्तकको संयुक्त विमोचन गरेका हुन्।
कार्यक्रममा भिक्षु कोण्डन्यले ‘तेजस्’मा राणाकालमा बौद्ध समुदायमाथि भएको दमन र भिक्षुहरूलाई देशनिकाला गरिएको प्रसंग तथा पञ्चायतकालमा उनीहरू स्वदेश फर्किएको इतिहासलाई समेटिएको बताए। उपन्यासले भाषा, संस्कार र संस्कृतिको संरक्षणको सशक्त सन्देश दिएको उनको भनाइ थियो। विपश्यना र बौद्ध दर्शनका पक्षहरू पनि कथामा प्रभावकारी रूपमा समेटिएको भन्दै उनले उपन्यास सशक्त र पठनीय भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)