म्युनिखमा ‘साहित्य सार २०२६’
nepalnews.com · Sun Aug 02 08:26:18 GMT 2026

जर्मनी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र नेपाली रुट्सको सहकार्यमा ‘साहित्य सार २०२६-नेपाली साहित्यिक भेटघाट’ गरिएको छ।
म्युनिखमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीका पूर्वकेन्द्रीय सदस्य तथा समाजसेवी कृष्ण शर्मा रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। अनेसास जर्मनीकी अध्यक्ष सीमा ढुंगानाले प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)