९६० मेगावाटका सौर्य आयोजना, केही निर्माणको अन्तिम चरणमा हुँदा केही अझै कानुनी उल्झनमै
clickmandu.com · Sun Aug 02 08:36:21 GMT 2026

काठमाडौं । ऊर्जामा आत्मनिर्भर ऊर्जा मिश्रण गर्दै ऊर्जा सुरक्षा कायम गर्न भन्दै नेपाल विद्युत प्राधिकरणले ९६० मेगावाट क्षमताको सौर्य आयोजना निर्माण गर्न ६३ कम्पनी छनौट गरेको २ वर्ष बित्न लागिसकेको छ । तर, कम्पनी छनौट भएको करिब २ वर्ष बित्दा पनि एकतिहाइभन्दा बढी क्षमताका १८ आयोजना अझै पनि निर्माणमा जान सकेका छैनन् ।
प्राधिकरणका अनुसार ९६० मध्ये ३४६ मेगावाट क्षमताका ती परियोजना निर्माण कार्य अझै सुरू भएको छैन । ३४६ मेगावाटमध्ये पनि २३१ मेगावाटको वित्तीय व्यवस्थापन सम्पन्न भइसकेको छ भने ११५ मेगावाटको अझै पनि विद्युत खरिद सम्झौता (पीपीए) हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)