सिमा गाउँमा हरेली पूजा : धानबालीको संरक्षणसँगै वरदान माग्ने अनौठो परम्परा
annapurnapost.com · Sun Aug 02 08:28:22 GMT 2026

रुकुम पूर्व : रुकुम पूर्वको भूमे गाउँपालिका–३ स्थित सिमा गाउँमा कृषि संस्कृति, धार्मिक आस्था र सामाजिक एकताको प्रतीक मानिने परम्परागत हरेली पूजा यस वर्ष पनि श्रद्धापूर्वक सम्पन्न गरिएको छ । धानबाली संरक्षण, प्राकृतिक विपत्तिबाट बचाउ, गाउँमा सुख–समृद्धि कायम रहोस् भन्ने कामनासँगै सन्तान, योग्य जीवनसाथी, विद्या, धन र समृद्धिका लागि वरदान माग्ने अनौठो परम्परा यहाँ आज पनि जीवित रहेको छ ।
पुस्तौंदेखि चलिआएको परम्पराअनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न भएपछि साउन १५ देखि २० गतेभित्र पर्ने आइतबार स्थानीय किसान धानखेतमै पुगेर हरेली पूजा गर्ने गर्छन् । स्थानीय सीप सुनारका अनुसार पूजाको तयारी अघिल्लो दिन शनिबारदेखि नै सुरु हुन्छ । प्रत्येक किसानले आफ्नो धानखेतको बीच भागमा मिहेल (भोकर) रुखको हाँगा गाड्ने र भोलिपल्ट बिहान त्यही स्थानमा पूजा गर्ने परम्परा रहिआएको छ । उनका अनुसार हरेली पूजा धानबालीलाई मुसा, कीरा–फट्याङ्ग्रा, रोग तथा प्राकृतिक प्रकोपबाट जोगाउने विश्वाससँग जोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)