सीमा क्षेत्रबाट कैलाली प्रवेश गर्दा परिचय पत्र अनिवार्य
annapurnapost.com · Sun Aug 02 09:03:44 GMT 2026

टीकापुर : तराई मधेस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमपछि जिल्ला प्रशासन कार्यालयले कैलालीका भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरूले अनिवार्य रूपमा आधिकारिक परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको अन्तर धार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरूले आधिकारिक परिचय पत्र अनिवार्य देखाएर मात्रै प्रवेश गर्नुपर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)