मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी
rajdhanidaily.com · Sun Aug 02 09:12:27 GMT 2026
काठमाडौं । मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो । आज यहाँ आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराए ।
त्यस अवसरमा शिष्टाचार महापाल कुमार खरेलले नेपाल–मोरक्को कूटनीतिक सम्बन्ध’bout चर्चा गर्दै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट पारस्परिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)