कर्पोरेट क्रिकेट लिग सिजन–३ भदौ १८ देखि हुने
ratopati.com · Sun Aug 02 09:55:16 GMT 2026
काठमाडौं । कर्पोरेट क्रिकेट लिग (सीसीएल) सिजन–३ आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगिता बुढानीलकण्ठमा रहेको रोयल स्पोट्र्स पार्क, चुनिखेलमा सञ्चालन हुनेछ।
भेट्रान्स फोर्टी क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका २० कर्पोरेट टोली सहभागी हुने जानकारी दिएको हो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । सिंगल राउन्ड रोबिन लिगपछि हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल (अन्तिम–८) मा प्रवेश गर्नेछन् । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४७ खेल खेलाइने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)