नवलपरासीका सीमावर्ती बजारबाट भारततर्फ ग्यासको कालोबजारी
annapurnapost.com · Sun Aug 02 10:09:27 GMT 2026

परासी : नवलपरासीका सीमावर्ती बजार क्षेत्रबाट भारततर्फ ग्यासको कालोबजारी हुने गरेको पाइएको छ । नेपालका केही जिल्लामा ग्यास अभाव भएको गुनासो आइरहेका बेला नवलपरासीको महेशपुर, पाल्हीन्नदन, सरावल, प्रतापपुरलगायतका सीमावर्ती क्षेत्रका बजारबाट नेपाली ग्यास भारतीय उपभोक्तालाई महँगो मूल्यमा बिक्री भइरहेको गुनासो आएको छ ।
नेपाली उपभोक्ता जाँदा ‘ग्यास छैन’ भन्ने तर भारतबाट आएका ग्राहकसँग बढी रकम लिएर ग्यास उपलब्ध गराउने गरेको महेशपुरका एक उपभोक्ताले बताएका छन् । भारतीय बजारमा समयमै ग्यास उपलब्ध नहुने भएकाले सीमावर्ती नेपाली व्यवसायीहरुले बढी मूल्यमा बिक्री गर्ने गरेका छन् । भारतीय नागरिकले खाली ग्यास सिलिन्डर नेपाल ल्याउने र त्यही सिलिन्डरमा नेपाली ग्यास पल्टी (खन्याएर) गरेर भारत लैजाने क्रम बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)