असारमा बक्स अफिस सुस्तायो, चलचित्र दर्तामा भने उत्साह
ratopati.com · Sun Aug 02 10:25:57 GMT 2026

काठमाडौँ । असार महिनामा चलचित्रको व्यावसायिक अवस्था निराशाजनक नै रह्यो । मनसुनको सुरुवात, निरन्तरको वर्षा र खेतीपातीको चटारोका कारण दर्शक हलसम्म पुग्न पनि भ्याउँदैनन् । त्यसैले असारलाई चलचित्र प्रदर्शनका लागि उपयुक्त समय मानिँदैन । विगतका वर्षजस्तै गत असारमा पनि प्रदर्शनमा आएका ‘आई एम जितबहादुर’, ‘जाँड’ र ‘भागदौड’ जस्ता चलचित्रले बक्स अफिसमा कुनै प्रभाव पार्न सकेनन् । यी चलचित्रको लगानी 'बालुवामा पानी'सरह भयो ।
तर, व्यावसायिक रूपमा असार महिना सुखद नरहे पनि नयाँ चलचित्र निर्माणको घोषणा गर्ने र इजाजत लिने क्रममा भने निकै उत्साह देखिएको छ । चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्क अनुसार वैशाख र जेठको तुलनामा असारमा चलचित्र निर्माणका लागि इजाजत लिनेहरूको संख्यामा वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)