स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षे युवकको मृत्यु
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटास्थित आलोक होटल नजिक पूर्व-पश्चिम राजमार्गमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
शनिबार राति करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु.प्र.०१-००१ च २०५४ नम्बरको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)